images
images

बैंकिङमा अधिक तरलता, ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार केन्द्रीय बैंकले २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

गत साता आइतबार र मंगलबार दुई दिन निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गरेको थियो । गत मंगलबार ३० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ११ अर्ब ४० करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।

आइतबार ४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ३३ अर्ब १५ करोड मात्रै लगानी गरेका थिए । पछिल्लो केही महिना यता निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च भएको र सकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिकत तरलताको चाप घट्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्