images
images

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काठमाडौं । विगत ९ वर्षदेखि हेलमेटको बजारमा छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालगँग व्यापारिक सहकार्य अगाडी बढाउने सम्झौता गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट राखिने भएको छ। अब ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । सम्झौतासँगै पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा एक्सचेन्जको सुविधा दिने जनाएको कम्पनीले आगामी दिनमा सुविधाको दायरा बढाउँदै लैजाने हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ् कल्चरलाई अझै परिस्कृत रुपमा परिभाषित हुने विस्वास कम्पनीको छ । यस अघि नै दुईओटा शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा दिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्