images
images

एक करोड २३ लाख ठगी गर्ने तिर्सना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रुपैयाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो।  वर्किङ भिसामा जापान पठाइ दिने प्रलोभवमा पारेर मगर तीन महिनादेखि बेपत्ता थिइन्।

पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्