काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २,६८३.८६ को विन्दुमा पुगि कारोबार बन्द भएको छ ।
एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएकोमा आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढ्दा ९८ कम्पनीको सेयरमूल्य घटेको छ भने ११ को मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । कारोबार भएका १३ मध्ये आठ समूहको समुहगत परिसूचक घटेको छ भने पाँच वटाको बढेको छ ।
मंगलबार सिकलेस, भगवती र रसुवागढी हाइड्रोको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा सबैभन्दा धेरै भूगोल इनर्जी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले नै घटेको छ ।
प्रतिक्रिया दिनुहोस्