
काठमाडौँ। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा आज धुम्बाराहीमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसैगरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव समेत सभाले पारित गरेको छ ।
उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गरेको छ । साभाले संचालक द्वय दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको स्थानमा भरत लामिछाने थापा र तारादेवि श्रेष्ठलाई अनुमोदन गरेको छ ।
साथै कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्