images
images

निसान म्याग्नाइटको नयाँ भर्सन भित्रियो, यस्ता छन् गाडीमा विशेषता

काठमाडौं । यसयूभी जापानिज ब्रान्ड निसानले नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको नयाँ मोडल भित्र्याएको छ ।

नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली अटो बजारमा निकै सफल बनेको निसान म्याग्नाइटको फेसलिफ्टलाई पुनः नयाँ संस्करणमा शुक्रबार नेपाल ल्याएको हो । तर, बजारमा यो गाडी कहिले सार्वजनिक गर्ने भन्ने विषयमा कम्पनीले आधिकारीक मिति भने तोकेको छैन ।
यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिना भित्रै लन्च गर्ने तयारीमा कम्पनी रहेको बताइएको छ ।
हाल नेपाली सडकमा २ हजारभन्दा धेरै निसान म्याग्नाइट गाडी संचालनमा छन्। निसान म्याग्नाइट अब झनै सुधारिएको फेसलिफ्ट भर्सनमा आइपुगेको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा गाडीको ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश छन् । गाडीमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल र फ्रन्ट फग ल्याम्प नयाँ डिजाइनको राखिएको छ । यसैगरी, इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको कम्पनीले उल्लेख गरेको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्ल्याक र ओरेन्ज रङको थिम छ । ड्यासबोर्डको लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि–फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न देखिन्छ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश भएका गरिएको छ । साथै, सेफ्टीका लागि ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।
१ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।


नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट र मूल्यका बारेमा भने कम्पनीले आधिकारीक धारणा पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्