images
images

बिमा प्राधिकरणले गर्यो उपनिर्देशकमा केसी र थापाको बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई जनालाई उप निर्देशकमा बढुवा गरेको छ ।

प्राधिकरणको पदपूर्ति समितिले सहायक निर्देशक रन्जिता केसी र सविता थापालाई उप निर्देशकमा बढुवा गरेको हो ।

केसी र थापाको कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, ज्येष्ठता र तालिमवापत प्राप्त गरेको कूल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई बढुवा गरेको प्राधिकरणले जनाएको छ ।

‘प्राधिकरणको कानुन समूह,अधिकृत द्वितीय श्रेणी, उप निर्देशक (कानुन) पदको लागि माग गरेकोमा माघ १८ सम्ममा दरखास्त पेस गरेका केसी र थापालाई बढुवा गरेको जनाएको छ ।
‘सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने देहायका उम्मेदवारलाई बीमा समिति कर्मचारी सेवा शर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा सिफारिस गर्ने पदपूर्ति समितिको फागुन ३ मा निर्णय भएकोले सोही विनियमावलीको विनियम ७१ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्