काठमाडौं । साताको पहिलो कारोबार दिन आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ ।
आइतबार विभिन्न कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनले ३३ करोड रुपैयाँ बढीको कारोबार गरेको हो ।
बिहीबारको तुलनामा आइतबार कारोबार रकम समेत साढे एक अर्बले बढेको छ ।
आज कारोबार भएका मध्ये १७६ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स गरी चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ४.९४ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्