काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छानिएका सर्ट लिस्टमा पाँच जनाको नाम सिफारिस भएका छन् । सोमबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि चयन भएका उम्मेदवारहरूको सूची र मिति सार्वजनिक गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा कमल प्रसाद रिमी, चिरञ्जीवी चापागाईं, दामोदर बसोला, रामशरण पुडासैनी,शरद ओझा रहेका छन् ।
मन्त्रालयका अनुसार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने प्रक्रिया फागुन १० गते दिउँसो २ बजे अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौँमा हुने तय गरिएको छ। उक्त अन्तर्वार्तापछि नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्नका लागि सरकार समक्ष नाम सिफारिस गरिनेछ।
प्रतिक्रिया दिनुहोस्