
काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रा.लिले आइएसओ चिन्ह्र पाएको छ ।
कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आइएसओ ९००१ः २०१५, वातावरणीय व्यवस्थापनको लागि आइएसओ १४००१ : २०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ४५००१ः २०१८ प्रमाणपत्र प्राप्त गरेको हो ।
यी प्रमाणपत्रहरूले उच्च–गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको छ । यी प्रमाणपत्रहरूले डेकोरेटिभ पेन्टहरू, वाटर प्रुफिङ, कन्स्ट्रक्सन केमिकलको उत्पादन, भण्डारण, बिक्री–वितरण र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीले जनाएको छ ।
“हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्,” बर्जर नेपालले भनेको छ ।
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्स नेपालले गुणस्तर, वातावरणीय जिम्मेवारी वहन गर्दै समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागि समर्पित रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्